mobile

धनकिरणको साङ्गीतिक अवतारमा फागुन ३ गते

By RSS on Feb 05,2019 - 15:47

बेलायतको फक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङलाई आगामी फागुन ३ गते काँकडभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ । 

झापाको मेचीनगर–६ काँकडभिट्टामा घर भएका उहाँ बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली हुनुहुन्छ । बेलायती गोर्खा सैनिकको १८ वर्षे जीवन गुजारेका उहाँलाई काउन्सिलर बनेपछि राजनीतिक अवतारमा देख्न पाइएको थियो । फौजी र राजनीतिक अवतारपछि अब उहाँलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको हो । 

द गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकडभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको छ । कार्यक्रममा पूर्व काउन्सिलर गुरुङले आफैँ गिटार बजाउँदै आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतप्रेमीलाई ‘फ्यान’ बनाउनुहुनेछ । 

कार्यक्रम काँकडभिट्टा मावि मैदानमा साँझपख हुनेछ । प्रवेशका लागि रु एक हजार, ५००, र १०० दरका टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । ‘कन्सर्ट’मा भाग लिन धनकिरण बेलायतबाट झापा आइसक्नुभएको छ । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कन्सर्टबारेमा उहाँले जानकारी दिनुभएको थियो । 

उहाँले कन्सर्टबाट सङ्कलन हुने सम्पूर्ण रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद र विपद् व्यवस्थापनका निम्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । 
कार्यक्रममा युवाको ढुकढुकी एवं चर्चित गायिका मेलिना राई र लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलसमेत आउने छन् । (रासस) 

ट्याग -  साङ्गीतिक अवतार

SUGGESTED ARTICLES

img
नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ


by RSS | Feb 14

img