mobile

टेलिकमद्वारा विभिन्न प्याकेज र छुटको व्यवस्था

By Anu Rana on Feb 07,2019 - 11:18

सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । माघ २२ देखि फागुन २२ गते एक महिनासम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

त्यस्तै पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउनुका साथै माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा टेलिकमले गरेको छ ।

त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनुभयो ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनुभयो ।

साथै १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ ।

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।

 

ट्याग -  टेलिकम

SUGGESTED ARTICLES

img
धितोपत्र बजार : तीन अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता


by RSS | Feb 17

img