mobile

टेलिकमको ‘प्रिपेड’मा पनि भारत र चीनमा रोमिङ सेवा  

By Anu Rana on Feb 07,2019 - 11:20

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा माघ २२ गतेदेखी प्रिपेड सेवामा समेत उक्त सुविधा दिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।

टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिने छ । प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे जति मात्रामा रकम रहेको छ , सोही आधारमा फोन गर्न पाउने छन् ।

यसअघि पोस्टपेड सेवा लिएको ग्राहकले रु । दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध–निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधिकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताए ।

यस्तै टेलिकमले मंगलबारदेखि लागू हुने गरी जीएसएम पोस्टपेड ग्राहकलाई रु । नौ सयको प्याकेजमा प्रतिमहिना दुई जीबी डाटा उपलब्ध गराउने भएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जीएसएम पोस्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना ‘अल टाइम’ डाटा एक जीबी र १०० मिनेटबराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ ।

 पर्यटकीय प्याकेजअन्तर्गत रु । पाँच सयमा पाँच जीबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तराष्ट्रिय फोन गर्नसमेत सकिनेछ ।

यस्तै रु । एक हजारमा १० जीबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेटबराबरको अन्तर्राष्ट्रिय फोन गर्न सक्ने सुविधा दिइएको छ ।

ट्याग -  टेलिकम , रोमिङ सेवा  

LATEST NEWS

SUGGESTED ARTICLES

img