mobile

सरस्वती मूर्तिको कारोवारमा वृद्धि

By RSS on Feb 08,2019 - 16:01

सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । 

यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजाराँै मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि रु २२ हजारसम्मको कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको अर्का मूर्तिकार राजकुमार यादवले बताउनुभयो । सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरीदबिक्री हुने गरेको छ । 

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय विद्यार्थीको भनाइ छ । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गर्दछन् । (रासस)

ट्याग -  सरस्वती मूर्ति

SUGGESTED ARTICLES

img
धितोपत्र बजार : तीन अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता


by RSS | Feb 17

img