mobile

विदेशमा रहेका पर्वतेलीहरु दुबईमा भेला हुँदै  

By Anu Rana on Feb 10,2019 - 10:40

रोजगारी तथा अन्य शिलशिलामा संसारभर छरिएर रहेका पर्वतवासीहरु दुबईमा भेला हुनेभ्एको छन । “आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्बत निर्माण हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएईको दुबईमा भब्य कार्यक्रमको आयोजना हुँदैछ।

पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार कार्यक्रम पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने कार्यक्रम छ । मार्च १ मा नेपालबाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत साँस्कृतिक कार्यक्रम गरिने र उक्त कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरुको उल्लेख्य सहभागी रहने जानकारी पनि पौडेलले दिएका छन् ।

सांगीतिक कार्यक्रमका लागी नेपालबाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप, सुष्मा लोहनी, बिमलराज क्षेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने कार्यक्रम राखिएको छ ।

दुबईमा हुने पर्वतेलीहरुको भेलाले केहि सकारात्मक कदम चाल्ने, एक आपसमा बन्धुत्व, भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अन्तर्राष्ट्रिय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताउनु  भएको हो ।

समाजले भेलामा युएईमा क्रियाशील सम्पूर्ण सस्था प्रमुखहरुलाई उपस्थितिको लागि अपेक्षा गरिएको छ भने युएइमा कर्म थलो बनाइ रहेका पर्बतवासी, गैरपर्बतबासि नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई समेत उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको जानकारी समेत दिनु भ्एको छ  ।

ट्याग -  भेला

LATEST NEWS

SUGGESTED ARTICLES

img