mobile

ब्राजिलमा आगोमा परेर १० युवा फुटबल खेलाडीको मृत्यु

By Anu Rana on Feb 10,2019 - 10:41

ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबको टे«निङ सेन्टरको छात्रावासमा आगलागी हुँदा १० खेलाडीको मृत्यु भएको हुनुको साथै आगलागीमा परी तीन जना घाइते भएको जनाइएको छ।

उक्त क्लबको कार्यालयमा शुक्रबार आगलागी भएको थियो। आगलागीमा परेर खेलाडीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ब्राजिलियन टेलिभिजन टिभी ग्लोबका अनुसार एकेडेमीका १४ देखि १७ वर्षसम्मका खेलाडीहरू थिए।

ब्राजिलको सबै भन्दा ठूलो क्लबसमेत रहेको फ्लामेङ्गो अहिले ब्राजिलमा जारी सिरि ए तालिकामा दोस्रो स्थानमा छ। क्लबले पाँच पटक लिग जितेको छ। साथै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रसिद्ध छ।  ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन।

आगलागीका क्रममा खेलाडीहरु निद्रामै रहेको बुझिएको छ। आगलागीको कारणबारे केही खुल्न सकेको छैन। आगलागीले क्लबको खेल मैदान प्याराफिट ध्वस्त भएको तस्बिरहरु सामाजिक सन्जालमा सार्वजनिक भएका छन्।

 

ट्याग -  मृत्यु

SUGGESTED ARTICLES

img
हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि


by RSS | Feb 15

img