mobile

महिला फुटबल : नेपाल–भारत भिड्दै

By RSS on Feb 11,2019 - 11:59

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । 

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् । (रासस)

ट्याग -  महिला फुटबल

SUGGESTED ARTICLES

img
हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि


by RSS | Feb 15

img