mobile

उच्च रक्तचाप नियन्त्रण गर्न अपनाउनुस् यी घरेलु उपाय

By Anu Rana on Feb 11,2019 - 12:34

उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले क्षति गर्दै विरामीलाई मृत्युको मुखमा पु-याउँछ ।

किनभने उच्च रक्तचापले अहिले ति कसैलाई छाडेको छैन, जसको खानपान र जीवनशैली अस्तव्यस्त छ । र, आजको परिस्थितीमा धेरैजसो खानपान र जीवनशैली अस्तव्यस्त नै छ । उच्च रक्तचापको खास कारण खराब जीवनशैली हो । सुत्ने-उठ्ने तालिका नियमित नभएका, खानपानमा सतर्क नभएका, मानसिक बोझ बोकेका, महत्वकंक्षाले लखेटेका, धपेडीमा दैनिकी बिताइरहेका तमाम व्यक्तिलाई ‘उच्च रक्तचाप’ले तर्साइसकेको छ ।

जिवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न सकिन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

मेवा: उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।

केरा: केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २-३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।

लसुन: लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

अदुवा: खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।

मरिच: आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

तुलसी तथा निमको पात: तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।

मेथी: एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

गाजर र पालुंगोको रस: दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

अमलाको रस र मह: १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

कागती पानी: रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

गहुँ तथा चनाको रोटी: गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।

ट्याग -  उच्च रक्तचाप नियन्त्रण ,

LATEST NEWS

SUGGESTED ARTICLES

img