mobile

लेष्टर सिटीमाथि टोटनहृयामको जित

By Anu Rana on Feb 11,2019 - 12:37

टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन हृयुङ मिनले समान गोल गरे । त्यस्तै, लेष्टरको लागि जेमी भार्डीले गोल गरे ।

टोटनह्यामलाई जिताउन डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक–एक गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए ।

३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप दुई गोल गर्दा लेष्टरले एक गोल फर्काएको थियो ।

६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गरेपछि खेल २-१ को स्थितिमा पुगेको थियो । खेलको अतिरिक्त समयमा टोटनहृयामले अर्को गोल थप्न सफल भयो ।

जितसँगै टोटनह्यामले २६ खेलबाट ६० अंक जोड्दै लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । ३२ अंकसहित लेस्टर सिटी भने १२ औं स्थानमा छ ।

ट्याग -  जित

SUGGESTED ARTICLES

img
आठौँ राष्ट्रिय खेलकूद ः फुटबलप्रति दर्शकको आकर्षण

नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए । वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो


by RSS | Today, 06:02 PM

img