mobile

बेलायतका राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

By Anu Rana on Feb 11,2019 - 12:39

गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । ९७ वर्षिय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् । 

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको गत महिनाको दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ।

“नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,” प्रहरीले भने,“राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ।”

सीपीएसका प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप छानबिन गरिने बताएका छन् । तर फिलिपमाथि कारबाही सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सवार महिलाको कम्मर र घुँडामा चोट लागेको छ ।

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । गत वर्ष उनको पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको

थियो । 

ट्याग -  सवारी अनुमतिपत्र ,

SUGGESTED ARTICLES

img
अमेरिकामा संकटकाल घोषणा, डेमोक्रेटहरुको विरोध  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रहेको 'शक्तिशाली विकल्प' को प्रयोग गर्दै संकटकाल लगाएर भए पनि मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउने घोषणा गर्ने तयारी सुरू गरेका छन्। गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने


by Anu Rana | Feb 17

img