mobile

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

By RSS on Feb 11,2019 - 13:04

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । 

यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ । (रासस)

ट्याग -  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.