mobile

वडाध्यक्ष कुमाल थुनामा

By RSS on Feb 12,2019 - 12:17

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । 
गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । 

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उहाँले बताउनुभयो । 

एक महीनामा दुई चितुवा मृत फेला 

एक महीनाको अवधिमा तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा पुसयता दुई चितुवा मृत फेला परेका हुन् । भानु नगरपालिका–५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । 

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालीम केन्द्रमा पठाइने उहाँले बताउनुभयो । यसअघि पुस २९ गते भानु नगरपालिका–२ मा भाले चितुवा मृत फेला परेको थियो । रासस

ट्याग -  थुना

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img