mobile

भवन नहुँदा कामकाजमा समस्या

By RSS on Feb 12,2019 - 12:22

दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहँुदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ । 

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।” 

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् । गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।” यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । 

सवारीसाधन दर्ता नविकरण दिपायलबाट 

सवारीसाधन दर्ता नवीकरण अब पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरबाट हुने भएको छ । करीब डेढ महीना पहिलेदेखि सवारीसाधन चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नवीकरण सेवा शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय दिपायल राजपुरले सोमबारदेखि सवारी दर्ता किताव (ब्लुबुक) नवीकरण सेवा पनि शुरु गरेको हो । कार्यालय प्रमुख धु्रव दयालका अनुसार ब्लुबुक नवीकरण गर्न अब कैलाली जानुपर्ने छैन । 

यातायात व्यवस्था सेवा कार्यालय दिपायल, राजपुरबाट सवारी चालक अनुमतिपत्र नवीकरण, ब्लुबुक नवीकरण, अस्थायी बाटो निर्धारण, यातायात क्षेत्रमा अनुगमनलगायत काम हुनेछन् । दिपायलको राजपुरमा जेठ महीनासम्ममा लाइसेन्सका लागि ट्रायल सेन्टर निर्माण गरी आगामी असारदेखि नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिनेछ । कर्मचारी अभावमा सवारीसाधन जाँचको काम गर्न नसकिएको दयालले बताउनुभयो । (रासस)

ट्याग -  समस्या

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.