mobile

कैदीका लागि पुस्तक सङ्कलन

By RSS on Feb 12,2019 - 12:24

जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । “कसैले आफूसँग भएको त कतिपयले नयाँ पुस्तक किनेर उपलब्ध गराउनुभएको छ”, रिजालले भन्नुभयो । कर्णाली प्रदेशको १० जिल्लाका कारागारमा पुस्तकालय स्थापना गर्न हालसम्म झण्डै तीन हजार पुस्तक सङ्कलन गरिएको छ । 

कैदीलाई अध्ययनशील बनाउन पुस्तकालय स्थापना गर्न लागिएको हो । शिक्षा दिवसको अवसरमा फागुन १२ गते जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिने रिजालले बताउनुभयो । पुस्तकालय स्थापना गर्न विराटनगराका डिल्लीराज गिरी तथा एक्सपोर्ट कन्र्सनका खेम सङ्ग्रौलाले रु ४०÷४० हजारका र जुम्लाका तोरुण कठायतले रु दुई हजारका पुस्तक उपलब्ध गराएका छन् । (रासस)

ट्याग -  पुस्तक सङ्कलन

SUGGESTED ARTICLES

img
पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु भएको हो ।


by RSS | Apr 24

img