mobile

टीकापुर महोत्सवमा एक करोड कारोवार

By RSS on Feb 12,2019 - 12:28

टीकापुर महोत्सवमा रु एक करोड बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । 

महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो । उक्त महोत्सवको एक लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरका अध्यक्ष परशुराम चपार्इंले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० कक्ष निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रुपमा रहेका थिए । थारू गाउँ र मगर गाउँमा आ–आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए । माघ १८ गतेदेखि शुरु भएको महोत्सव आज सकिँदै छ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गर्नुभएको थियो । उद्योग वाणिज्य सङ्घ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । (रासस)

ट्याग -  टीकापुर महोत्सव

SUGGESTED ARTICLES

img
नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ


by RSS | Feb 14

img