mobile

दिल्लीको एक होटलमा आगलागी, १७ जनाको मृत्यु

By Anu Rana on Feb 12,2019 - 16:47

भारतको राजधानी दिल्लीको करोल बाग क्षेत्रमा  रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

पाँचतले अर्पित प्यालेस होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ। आगलागी विहानको चार बजेतिर शुरू भएको थियो। एउटा भिडिओमा सिसाको झ्याल फोडेर मानिसहरू हाम फालिरहेको देखिन्छ। समाचारहरूमा जनाइए अनुसार धेरैको मृत्यु निसासिएर भएको हुनसक्ने अनुमान गरेका छ्न।

विभागका प्रमुख अतुल गर्गले भने,’सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४ः३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको भनुभयो ।

तर उक्त होटलमा आगलागी कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ।

आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, “आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।”

आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले ब ताउनु भएको छ ।

ट्याग -  आगलागी ,

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img