mobile

विधेयक छलफलका लागि पठाउन अनुमति

By RSS on Feb 12,2019 - 17:46

प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन अनुमति दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट मन्त्री ढकालले प्रस्तुत गर्नुभएको “विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्तावलाई पनि सदनले अनुमोदन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी गर्नुभएको प्रस्ताव पनि बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ । (रासस) 

ट्याग -  छलफल ,

SUGGESTED ARTICLES

img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।


by RSS | Apr 21

img