mobile

नख्खु–बुङ्गमती सडकमा काम २५ प्रतिशत

By RSS on Feb 12,2019 - 18:09

ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भँैसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ । 

ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार प्राधिकरणले चिन्ह लगाएर सडक खाली गराएपछि आयोजनाले ठेकेदारमार्फत विस्तारित सडकमा निर्माणको कामअघि बढाउँछ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनको तार र कतिपय स्थानमा रुखसमेत हटिनसकेको इञ्जिनीयर श्रेष्ठको भनाइ थियो । ठेकेदारलाई सहज गराउन सम्बन्धित स्थान खाली गर्नुपर्नेमा उहाँको जोड थियो । 
इञ्जिनीयर श्रेष्ठले भन्नुभयो, “त्यहाँ रहेका पोल र पाइप नहटाउँदासम्म ठेकेदारले काम नगरेको हामी भन्न सक्दैनौँ ।” पाँच किलोमिटर लामो सो सडक निर्माणको ठेक्का दुई ठेकेदार कम्पनीलाई दिइएको छ । विसं २०७३ असारदेखि सडक निर्माण गर्न थालिएको थियो । 

यो सडकजस्तै काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन रहेकामा अधिकांशमा जग्गा र घरको मुआव्जा विवाद रहेको छ । यी सडकमा निर्माणाधीन सडकको ठेक्का सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति भने कम छ । कतिपय सडक निर्माणको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले पनि ठप्प छ । रासस

ट्याग -  नख्खु–बुङ्गमती सडक

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img