mobile

जिमेलमा थप नयाँ फिचर्स

By Anu Rana on Feb 14,2019 - 10:45

गुगलले हालै आफ्नो इमेल सर्भिस जिमेलमा कैयन् नयाँ फिचर्स थप गरेको छ । यही हप्ता आफ्नो ब्लग पोष्टमा गुगलले यसको घोषणा गरेको हो । गुगलले जिमेमा राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचरहरु थप गरेको हो । अहिले जिमेलमा राइट क्लिक मेन्यूमा रिप्लाई, डिलिट तथा आर्काइभ अप्सन रहेका छन् । अहिले नयाँ फिचर थप भएसँगै प्रयोगकर्ताले राइट क्लिक मेन्यूमा सिधै इमेलबाट धेरै काम गर्न सक्ने भएका छन ।

जिमेलको राइट क्लिक मेन्यूमा रिप्लाई, फरवार्डिङ्ग, लेबल एड, इमेल सर्च, इमेल मूभ तथा नयाँ विन्डो खोल्नेजस्ता अप्सनहरु थपिएका हुन ।आगामी फेब्रुअरी २५ सम्ममा यी फिचर्स सबै जिमेल प्रयोगकर्ताले प्राप्त गर्ने सक्ने जिमेलले जनाएको दिएको हो, र राइट क्लिक मेन्यूमा नयाँ अप्सन एक्टिभेट गर्नका लागि प्रयोग कर्ताले कुनै थप काम गर्नुपर्ने छैन ।

एक अर्को समाचार अनुसार जिमेलले स्पाम इमेल फिल्टर गर्नका लागि मेसिन लर्निङ सिस्टममा आधारित एक नयाँ टूल डेभलप गरेको छ । कम्पनीको उक्त नयाँ टूलको नाम Tensorflow  रहेको छ ।

द भर्जका अनुसार जिमेलको यो टूलले हरेक दिन १० करोड स्पाम मेसेज ब्लक गर्नमा सहयोग गरेको छ ।

ट्याग -  जिमेल , नयाँ फिचर्स

SUGGESTED ARTICLES

img
वाइफाइ सिग्नल कमजोर आयो ? छिटो बनाउन यसो गर्नुहोस्  

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् ।


by Anu Rana | Mar 18

img