mobile

शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी

By RSS on Feb 14,2019 - 16:17

राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २÷१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे । रामकाजीले खेलको सुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । 

त्यस्तै टिकाराजले खेलको पहिलो हाफको ३५औँ मिनेटमा एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यता पराजित मध्यपुरको लागि प्रदीप लम्सालले खेलको दोस्रो हाफको ५२ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए ।  (रासस)

ट्याग -  शहीद स्मारक फुटबल

SUGGESTED ARTICLES

img
साफ महिला फुटबलमा भारत विजयी

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् ।


by RSS | Mar 17

img