mobile

नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

By RSS on Feb 14,2019 - 16:44

नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ र सांस्कृतिक सहचारी छङ चनलगायत सहभागी हुनुहुन्थ्यो । 

भेटवार्तामा दोस्रो चीन तथा दक्षिण एशिया साहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालमा गर्ने, नेपाली प्रकाशन चीनमा र चिनियाँ प्रकाशन नेपालमा अनुवाद गर्ने बारेमा समेत छलफल भएको कुलपति उप्रेतीले राससलाई जानकारी दिनुभयो । 

चीन सरकारको सहयोगमा प्रतिष्ठान परिसरभित्र आधुनिक प्रशासनिक भवन निर्माण गर्ने बारेमा समेत छलफल भएको छ । 

उक्त भवन निर्माण भइसकेपछि अहिलेको भवनमा आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेललगायतका साहित्यकारको नाममा विभिन्न कक्ष तथा सङ्ग्रहालय निर्माण गरिने प्रतिष्ठानले जनाएको छ । (रासस)

ट्याग -  नेपाल–चीन सांस्कृतिक साहित्य

SUGGESTED ARTICLES

img
चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव

महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा बर्दिवासको कृषि,


by RSS | Mar 15

img