mobile

प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

By RSS on Feb 14,2019 - 16:48

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ । रासस

ट्याग -  प्रधानमन्त्री केपी शर्मा ओली

SUGGESTED ARTICLES

img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 


by Anu Rana | Mar 18

img