mobile

‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि

By RSS on Feb 14,2019 - 16:56

नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । 

यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने लागेका बडिबिल्डर रोली विङ्कलर पनि आज नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिनुभयो । 

राउन्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको नाम र तौल समूह शुक्रबार सार्वजनिक गरिने उहाँको भनाइ छ । गुरुङले अहिलेसम्म १५ देशका खेलाडीले नाम दर्ता गरिसकेको र अरु खेलाडीले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको सो अवसरमा जानकारी दिनुभयो । 

प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार ‘इभेन्ट’मा प्रतिस्पर्धा हुनेछ । चार इभेन्टको विजेताले ‘प्रो कार्ड’ पाउनेछन् र अमेरिकाको लासभेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले भाग लिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । च्याम्पियनसिपका लागि खेल हेर्न रु १० हजार, पाँच हजार र तीन हजार दरका टिकट राखिएको छ ।  (रासस)

ट्याग -  नेपाल बडिबिल्डिङ च्याम्पियनसिप

SUGGESTED ARTICLES

img
साफ महिला फुटबलमा भारत विजयी

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् ।


by RSS | Mar 17

img