mobile

फागुन १० गते नेपाली बजारमा आउँदै एक्सयूभी-३००  

By Anu Rana on Feb 21,2019 - 16:25

महिन्द्रा एन्ड महिन्द्राको बहुप्रतिक्षित कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ फेब्रुवरी १४ मा अर्थात् फागुन दुई गते भारतीय बजारमा सार्वजनिक भ्एको हो । उक्त नयाँ एसयूभी भारतीय बजारमा सार्वजनिक भए लगत्तै फागुन १० गते नेपाली बजारमा सार्वजनिक हुने भएको छ।

महिन्द्राले एक्सयूभी ३०० र मराजोका साथै युभो ४१५ ट्रयाक्टर, महिन्द्रा ब्लाजो २५ टिपर र महिन्द्रा फ्युरियो १४ ट्रक एकै साथ नेपाली बजारमा लन्च गर्ने भएका छ ।

एसयूभी एक्सपर्टको उपमा पाएको भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले कम्प्याक एसयूभी उत्पादन सुरु गरेदेखि नै यसले निकै चर्चा बटुलेको थियो ।

नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप र एमभी दुगड ग्रुपले आगामी फेब्रुअरी २२ अर्थात फागुन १० गते भृकुटीमण्डपमा शुरुवात गर्ने महिन्द्रा उदय २०१९ नामक इभेन्टमा यी सवारी साधन लन्च गर्ने योजना बनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने सो महिन्द्रा उदय २०१९ लाई लाइफस्टाइल र टेक्नोलोजीको संगम भनिएको छ ।

महिन्द्रा टीयूभी ३०० एक एसयूभी हो । यसमा सेगमेन्टमै पहिलो पटक ७ एयरब्याग, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, ठूलो ह्विलबेस, सबैभन्दा धेरै टर्क र फोर ह्विल डिस्क ब्रेक छ ।

यसमा ११९७ सीसीको पेट्रोल इन्जिन छ, जसले ११० बीएचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी डिजेल भेरिएन्टमा भएको १४९७ सीसी इन्जिनले ११५ बीएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो ।

महिन्द्राले पहिले नै डयुअल प्याड इन्स्ट्रयुमेन्ट कन्सोलको साथ ठूलो एमआईडी युनिट उपलब्ध गराएको थियो जसले सबै महत्वपूर्ण सुचना दिन्छ । इन्फोटेनमेन्ट सिस्टम महिन्द्रा एक्सयूभी ५०० कै जस्तो छ र यसमा महिन्द्राको टेलेम्याटिक्स सिस्टम, एन्ड्रोइड अटो र अन्य कनेक्टिभिटी जस्ता विकल्प उपलब्ध छन् ।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ । इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ ।

महिन्द्राले यसका साथमा जिभो ट्रयाक्टर, महिन्द्रा युभो ४१५ ट्रयाक्टर, महिन्द्रा ब्लाजो २५ टिपर र महिन्द्रा फ्युरियो १४ ट्रक एकै साथ लन्च गर्ने योजना बनाएको बताएको छ ।

ट्याग -  फागुन १० गते नेपाली बजारमा आउँदै एक्सयूभी-३००  

LATEST NEWS

SUGGESTED ARTICLES

img