mobile

युरोप लिग : चेल्सीको कठिन जित  

By Anu Rana on Feb 15,2019 - 17:59

इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको हो । बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई २–१ गोलअन्तरले पराजित गर्दै युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको हो । चेल्सीको जितमा रोस बारक्लीले र ओलिभर जिराउडले गोल गरे । यता, माल्मोका लागि एन्डर्स क्रिष्टियनसेनले गोल गरेका हुन ।  

खेलको ३०औं मिनेटमा नै बारक्लीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने उनकै गोलमा चेल्सीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो र ५८औं मिनेटमा जिराउडले गोल गर्दै चिल्सीलाई २–० गोलको अग्रता दिलाएको थियो भने ८० मिनेटमा क्रिष्टयनसेनले गोल गर्दै माल्मोलाई २–१ को स्थितिमा ल्याए पनि चेल्सीलाई रोक्न भने सकेनन् ।

त्यस्तै, अर्को खेलमा बाटे बोरिसोभसँग आर्सनल १–० गोलले स्तब्ध बनेको छ । पहिलो हाफमा नै गोल गर्दै बाटे बोरिसोभले अग्रता लिएको थियो । जुन अग्रतालाई निर्धारित समयसम्म कायम राखेपछि बलियो टिम आर्सनल १–० गोलअन्तरले पराजित भएको हो ।

ट्याग -  युरोपा लिग

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img