mobile

कला साहित्य उत्सव फागुन १८ देखि

By Anu Rana on Feb 17,2019 - 11:29

रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ। उत्सवमा १४ वटा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज, फोटो प्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।

उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको आयोजक समितिका सचिव सौरभ मैनालीले जानकारी दिए।

करिब १२ लाख रुपैयाँको लागतमा सम्पन्न गरिने कला साहित्य महोत्सवका लागि सहयोगी मनहरुबाटै अर्थ संकलन गरिने बताइएको छ । आयोजक समितिका सचिव सौरभ मैनालीले थपे, ‘तेस्रो कला साहित्य उत्सवमा अर्थसंकलन कम भएकाले आयोजकहरुले नै लगानी गरेर वक्यौता मुक्त हुनुपरेको थियो, यो वर्ष चाहिँ अनुमानित रकम जुटाउने दौडाहामा लाग्दा सकारात्मक आश्वासन पाउँदैछौं ।’

आयोजक समितिका सदस्य दामोदर ढुंगेलका अनुसार कला साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवम् सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि हो । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरणजस्ता विषयमा विमर्श गरिनेछ ।

प्यानल डिस्कसनका लागि आ–आफ्नो क्षेत्रमा चर्चा कमाएका लेखक, साहित्यकार, पत्रकार, राजनीतिक व्यक्तित्व र कलाकार गरी तीन दर्जनभन्दा बढीले सहमति दिइसकेको आयोजक सागर शिवाकोटीको भनाई छ ।

ट्याग -  कला साहित्य उत्सव

SUGGESTED ARTICLES

img
बाढी र पहिराेमा परि इन्डोनेसियामा ७७ जनाको मृत्यु

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिवार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ ।


by Anu Rana | Mar 18

img