mobile

दाँतमा किरा किन लाग्छ ?

By Anu Rana on Feb 17,2019 - 11:31

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं । दाँतलाई स्वस्थ राख्नको लागि नियमित रुपमा यसको हेरविचार गर्नुपर्छ । राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्छ, दाँत बिग्रन सक्छ । अझ गुलियो खाने बानी छ भने त झन चाँडै दाँत बिग्रन्छ ।

खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।

यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले  दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।

दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग गर्नु नै हो बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ । पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी प्रयोगले किरा लाग्ने समस्या बढ्दो छ ।

दाँतमा किरा लाग्नबाट कसरी रोक्ने ?

 दाँतमा किरा लाग्न नदिनको लागि केही उपाएहरु अपनाउन सकिन्छ

राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने पर्दोछ र खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।

बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।

दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।

प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माझ्न लागाउनु पर्छ, नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ ।

बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।

दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुईचार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ ।

दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार पुर्‍याउनुपर्छ । बालबालिकालार्इ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।

ट्याग -  दाँतमा किरा

SUGGESTED ARTICLES

img
६ खाना जसले क्यान्सर निम्त्याउँछ

बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारक हुन् भन्ने तथ्य बेलाबेलामा सार्वजनिक भइनै रहन्छन् ।


by Anu Rana | Apr 19

img