mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Feb 17,2019 - 14:46

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५  फागुन ५ गते देखी ११ गतेसम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

परिवारमा सुख सन्तोष छाउँला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । राज्यबाट मान सम्मान मिल्ने छ । राज्यका तर्फबाट अनेक दुःख बेहोर्नुपर्ला। मानसिक तनावले गर्दा कुनै काम स्थिर भएर गर्न नसकिने स्थिति आउनेछ। कामहरू पनि सफल होलान्। बुधबार्, बिहीवार निकै लाभदायक रहनेछ । शुक्रबार प्रतिकूल रहनेछ । 

वृष  (,,,,बा,बि,बु,बे बो)

यो साताको पूर्वार्ध अर्थात् मंगलबारसम्म समय उत्तम फलदायक छ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विद्यामापनि सफलता पाइने छ । सजिलै अरुको बिश्वास जित्न सकिने छ । आर्थिक लाभ हुनाले मन प्रफुल्लित हुनेछ। तर मंगलबार दिउँसोबाट समय प्रतिकूल छ। अस्वस्थताको सम्भावना छ। चिताएभन्दा बढी खर्च होला। हरेक काममा बाधा–व्यवधान नआउला भन्न सकिन्न। राजनीतिकर्मीबाट धोका हुनसक्छ।

 मिथुन (का,कि,कु,,,,के,को,)

तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ। सबैको वाहवाही हुने देखिन्छ। तर साताको अन्त्य शुक्रबार र शनिबार  भने केही अस्वस्थता र तनाव नहोला भन्न सकिन्न।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

तपाईंका लागि यो साता मिश्रित फलदायक छ। आम्दानीमा बढोत्तरी होला। इज्जत–प्रतिष्ठा बढ्ला। तर बुधबारबाट स्वास्थ्यमा समस्या आउला। खानपानमा सजग हुनुपर्ने देखिन्छ। आँटेका काममा बाधा–व्यवधान आइपर्ला। आर्थिक अभाव होला।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

यो साता तपाईंका लागि त्यति फलदायक देखिँदैन। र  हुन लागेका काम पनि रोकिने सम्भावना छ। आर्थिक भारले गर्दा तनाव झेल्नुपर्ला। स्वास्थ्यले समेत साथ नदिन सक्छ। तर आइतबार, बुधबार र बिहीबार भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ। प्रयास गरेमा कतैबाट केही आम्दानी हुनसक्छ। सम्मान एवम् पुरस्कार प्राप्तिको सम्भावना छ। कन्या (टो,,पि,पु,,,,पे,पो)

तपाईंका लागि यस साताका शुरूका दिनहरू धेरै फलदायक देखिन्छन्। शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दौडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।

 तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ। गरेका काम सफल हुने, कहीँवंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरू खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ। तर शुक्रबार  र शनिबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ। सतर्क रहनुहोला।

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

साता धेरै शुभ फलदायक देखिन्छ। अधिकार प्राप्तिका लागिपनि संघर्ष गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइने छ र खर्च हुनेछ । प्रतियोगिताहरूमा भाग लिएको भए जित्ने सम्भावना अधिक छ। प्रेमप्रसंगले पूर्णता पाउनेछ। जीवनसाथीको सहयोगले ठूलै काम बन्ला। आफन्तबाट सहयोग पाइनेछ। तर बुधबार र बिहीबार स्वास्थ्यमा समस्या आउन सक्छ ।

 धनु (ये,यो,,भि,भु,,फा,,भे)

तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन। ठीक समयमा सही निर्णय लिन सकिने छ । भाग्यले विभिन्न अवसर जुराउने छ । प्रेममा मधुरता छाउने छ । बोलीको प्रभाव पनि बढ्ने छ । परिश्रम धेरै तर प्रतिफल कम प्राप्त हुनेछ। तर आज आइतबर र साताको अन्त्य शनिबार भने सुख–सन्तोष हुने, स्वास्थ्य तन्दुरुस्त हुने, आर्थिक लाभ हुने सम्भावना छ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

तपाईंका लागि यो साताको मंगलबारसम्म शुभ फलदायक छ भने बाँकी दिनहरू त्यति सन्तोषजनक देखिँदैन। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । अड्किएका कामहरू पूरा हुने, समस्याको समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख हुने, मान–सम्मान बढ्ने देखिन्छ। बुधबारबाट भने रोगको भय, काममा बाधा–व्यवधान, आर्थिक नोक्सानी, शारीरिक कष्ट होला।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ। नयाँ कार्यको योजना बन्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहने छ । लाभदायक यात्रा रहला । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला।

मीन (दि,दु,,,,दे,दो,,चि)

तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ। रीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ। तर  शनिबार भने केही अस्वस्थता र तनाव होला।

 

 

 

ट्याग -  राशीफल  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img