mobile

मार्च ८ मा सामसुङ ग्यालेक्सी एस १० आउदै  

By Anu Rana on Feb 17,2019 - 14:55

दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । भने आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।

Gizmodo UK को एक रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोन फेब्रुअरी १० मा लञ्च हुनेछ । लञ्च लगत्तै स्मार्टफोनको प्रिअर्डर पनि सुरु हुनेछ र मार्च ८ देखि बजारमा बिक्रि सुरु हुने बताइएको छ ।

समाचारमा दाबी गरिए अनुसार सामसुङ ग्यालेक्सी एस टेनका तिनवटा भेरिएन्ट हुनेछन् । ग्यालेक्सी एस टेनको स्टाण्डर्ड भेरिएन्टमा कव्ड डिस्प्ले हुनेछ । तर एस टेन लाइट भने कम मूल्यको हुने र कव्र्ड डिस्प्ले रहनेछैन ।

के के हुनेछन् फिचर्स ?

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् ।

त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ ।

ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइउको छ ।

 

 

ट्याग -  सामसुङ ग्यालेक्सी एस १० ,

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img