mobile

अमेरिकामा संकटकाल घोषणा, डेमोक्रेटहरुको विरोध  

By Anu Rana on Feb 17,2019 - 14:57

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रहेको 'शक्तिशाली विकल्प' को प्रयोग गर्दै संकटकाल लगाएर भए पनि मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउने घोषणा गर्ने तयारी सुरू गरेका छन्। गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो भनुभ्एको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट 'राक्षसहरुको समूह' र 'लागू औषध' तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दुख भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गर्नु आफ्नो लागि महान काम भएको उहाले बताएको थियो।

पर्खालका लागि बजेट पास नगरेसम्म ट्रम्पले सरकारी खर्च निकासा नगर्ने अडान लिँदा अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिने 'सट डाउन' भएको थियो। जनवरी २६ मा पर्खालका लागि खर्च समावेश नगरी सरकारी कार्यालयहरू खोल्न ट्रम्प 'अस्थायी रुपमा सहमत' भएका थिए।

बिहिवार अमेरिकी सदनले फेरि अमेरिकी कार्यालयहरु बन्द हुन नदिन सीमा सुरक्षा विधेयक पारित गरेको थियो। तर विधेयकमा सीमामा पर्खाल लगाउनका लागि ट्रम्पले माग गरे बमोजिम बजेटको व्यवस्था गरिएको छैन। ट्रम्पले कंग्रेस समक्ष ५.७ बिलियन डलर माग गरेपनि विधेयकमा सीमा सुरक्षाका लागि १.३ बिलियन बजेट छुटयाएको छ। 

त्यसैले विधेयक पास भएपछि सरकारी कार्यालय बन्द हुन नदिन ट्रम्पले उक्त विधेयकमा हस्तक्षर गर्ने तर तल्लो सदन कंग्रेसलाई बाइपास गर्दै संकटकाल लगाउने तयारी गरिरहेको ह्वाइट हाउसले जनाएको थियो।

ट्रम्पले सेनाका लागि छुट्याइएको बजेटबाट सीमामा पर्खाल लगाउन तयारी गरिरहेको बुझिएको छ। संकटकाल लगाएपछि ट्रम्प वर्तमान राजनीतिक प्रक्रियालाई बाइपास गर्दै थप शक्तिशाली बनेका छन्। यसबाट उनले सेनालाई छुटयाइएको बजेटलाई सीमामा पर्खाल लगाउन प्रयोग गर्न सक्नेछन्। तर, सीमामा देखिएको विषय संकटकाल लगाउनै पर्ने अवस्था हो वा होइन भन्ने विषयमा भने विवाद रहेको छ।

यसभन्दा अघि पनि अमेरिकामा संकटकाल लगाइएको थियो। तर विगतमा लगाइएका संकटकालहरु विदेश मामिलामा आइपरेको संकटसँग जुध्न प्रयोग गरिएको थियो।संकटकाल लगाउने ट्रम्पको घोषणासँगै विपक्षी डेमोक्रेटहरुले ट्रम्पले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएको छ। संकटकाल लगाउने विषयमा ट्रम्पको रिपब्लिकन पार्टीकै केही नेताले विरोध गरिरहेको अवस्थामा ट्रम्पको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गर्ने विपक्षीको योजना छ।

ट्याग -  संकटकाल घोषणा ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img