mobile

धितोपत्र बजार : तीन अङ्कले घट्यो

By RSS on Feb 17,2019 - 18:21

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ । होटल ५.५, विकास बैंक ३.६८ र उत्पादन ६.२५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.९२, व्यापार ४.१४, जलविद्युत् ८.३४, वित्त १.३६, निर्जीवन बीमा ९.०५, अन्य ७.७८, लघुवित्त १.६६ र जीवन बीमा ५३.७५ विन्दुले घटेको छ । घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९.८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै उक्सेल डेभलपमेन्ट बैंक ५.३६, पञ्चकन्या माई हाइड्रो पावर ३.८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २.९३ र नबिल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् । 

यस्तै कञ्चन डेपलभमेन्ट बैंक ६.८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५.२६, अरुण काबेली पावर ४.९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.५५, ङादी समूह ४.१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.१६ गुमाएका छन् । (रासस)

ट्याग -  धितोपत्र बजार

SUGGESTED ARTICLES

img
कानूनी एवं संरचनागत तयारीमा लाग्दा पूँजीगत खर्च कम भएको स्वीकार

कानूनी तथा संरचनागत तयारीका लागि लामो समय लागेका कारण चालु आर्थिक वर्षको छ महीनामा अपेक्षा गरेअनुसारको पूँजीगत खर्च हुन नसकेको पाइएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा सहभागी हुनुभएका पूँजीगत खर्च बढी भएका मन्त्रालयका सचिवले वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले पनि केही अप्ठ्यारा आउनु र केही जटिलता देखिनु सामान्य भएको भन्दै आगामी आवमा त्यस्ता समस्या नदोहोरिने बताउनुभयो ।


by RSS | Mar 18

img