mobile

नयाँ स्यान्ट्रो हुन्डाई नेपाल मा भित्रियो

By Anu Rana on Feb 19,2019 - 16:55

नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ। बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ ‘दि अल न्यु स्यान्ट्रो’ गाडी कम्पनीले पुन: नेपालमा भित्र्याएको जारी विज्ञप्तिमा छ । 

हुन्डाई मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टलको दस वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो। लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धकले नयाँ स्यान्ट्रो गाडीको अनावरणमा नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ बजारमा  भित्र्याउन सफल भएको बताएका छन्। हुन्डाई स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीको मन जित्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यो नयाँ र मोडर्न स्यान्ट्रोले पनि ग्राहकको मन जित्न सफल भई उनीहरुको बदलिँदो माग पूरा गर्न सफल हुने कम्पनीले जनाएको छ।

यस्को मुल्य नेपालामा २४ लाख ९६ हजार रूपैयाँ राखिएको छ। भने नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याबिन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरू रहेको कम्पनीले जनाएको छ । १७.६४ सेमि स्मार्टफोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसनजडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स यसको विशेषता हो ।

त्यस्तै नयाँ स्यान्ट्रोले १.१ लिटर, ४–सिलिन्डर पेट्रोल इन्जिन, जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्छ । ‘नेपाली परिवारले सबैभन्दा बढी रुचाएको हयाचब्याक गाडी, स्यान्ट्रोलाई पुन: नयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा कम्पनी खुसी छ,’ उक्त विज्ञप्तिमा जारी गरिएकोछ ।

ट्याग -  नयाँ स्यान्ट्रो हुन्डाई

SUGGESTED ARTICLES

img
‘व्यावहारिक बजेट ल्याउनुपर्छ’

अर्थविद्हरुले व्यावहारिक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले अबको बजेटमा औद्योगिकीकरण र सामाजिक रुपान्तरणमा जोड दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले भन्नुभयो, “आगामी निर्वाचनलाई ध्यानमा राखी पपुलिष्ट बजेट ल्याउनुुहुँदैन् । त्यस्तो बजेटले देशमा आर्थिक समृद्धि हासिल हुँदैन् । खर्च गर्न नसकिने ठूलो आकारको बजेट आवश्यक छैन ।”


by RSS | May 16

img