mobile

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

By Anu Rana on Feb 20,2019 - 11:03

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुईपटक बैठक भइसकेको पुष्टि भएको छ ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुईवटा बैठक भइसकेको उनले शनिबार जानकारी दिएका हुन् । ‘हामीले दुईवटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसबारे मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नुपर्दछ,’ उनले भने ।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको पनि बताएका छन ।

उनले थप्दै भने, ‘बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, सँगसगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ ।’

उनले उक्त बैठकबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिएका हुन । भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्न एउटा साझा निकाय बनाउनेबारे पनि छलफल भएको भेनेजुएलाका विदेशमन्त्रीले उल्लेख गर्नुभ्एको छ ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए हुन ।

ट्याग -  बैठक

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img