mobile

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

By RSS on Feb 18,2019 - 17:45

नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गर्नुभएको हो । 

“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”–उहाँले भन्नुभयो । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहनुभएका रामप्रसाद अधिकारीको थियो । विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो । (रासस) 

ट्याग -  नेविसङ्घ

SUGGESTED ARTICLES

img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 


by Anu Rana | Mar 18

img