mobile

नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको नाम सिफारिस

By Anu Rana on Feb 20,2019 - 11:05

नोबेल शान्ति पुरस्कार २०१८ का लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोे नाम सिफारिस गरिएको संचार माध्यमले जनाएका छन । एक जापानी पत्रिकाका अनुसार जापानी प्रधानमन्त्री सिन्जो आवेले उनको नाम मनोनयन गरेको दाबी गरेको छ ।

गत बर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वासिङ्टनले भनेको एक जापानी सरकारी स्रोतले जानकारी दिएको जापानी पत्रिका आसाही शिम्वुनले लेखेको हुन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो । आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गर्नुभएको छ ।

जापानी नेताले पत्रमा ‘मैले तपाईलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग बताउनुभएको हो।

“धेरै अन्य मानिसहरूले पनि यस प्रकारको महशुस गर्छन् । मैले सम्भवत कहिल्यै पाउने छैन । ठीकै छ ।” “ट्रम्पको दावीबारे प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधलाई जापानी अधिकारीले प्रतिक्रिया दिनुभएन ।”

ट्याग -  नोबेल शान्ति पुरस्कार

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img