mobile

होण्डाले वेलायतमा रहेको कारखाना बन्द गर्ने  

By Anu Rana on Feb 19,2019 - 16:57

होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ । 

इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको ‘सिभिक’ मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।

होण्डा कम्पनीका अनुसार, यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ जनाएको छ ।

युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए हुन ।

गत वर्ष होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए । 

ट्याग -  होण्डा , कारखाना , बन्द  

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img