mobile

पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने साउदीको घोषणा  

By Anu Rana on Feb 19,2019 - 16:58

साउदी अरबले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो  पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर संकट व्यहोर्दै आएको छ ।पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ।

 साउदी पत्रकार जमाल खसोग्गीको हत्याको अभियोगमा निकै आलोचित भएका राजकुमार सल्मान एसियाका तीन राष्ट्रको भ्रमणको सिलसिलामा आइतवार पाकिस्तान पुगेका थिए। पाकिस्तानमा राजकुमार सलमानको भव्य स्वागत गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरबले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरे ।

उनले भने, ‘पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ ।’ खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबको भ्रमण गरिसकेका छन् ।

 साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए । राजकुमार सलमानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ ।

राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ। भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन्।

 पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ। भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ।

साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत पनि जानु हुनेछ । भारतमा राजकुमार सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नुहुने छ । त्यसपछि उनी चीनको दुई दिने भ्रमणका लागि बेइजिङ तिर प्रस्थान गर्नुहुनेछ ।

ट्याग -  लगानी

SUGGESTED ARTICLES

img
नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीः तीनको मृत्यु  

नेदरल्याण्डकाे यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गाेली चलाउँदा  ३ जनाको मृत्यु भएको त्यहाँको मेयरले बताएका छन् ।


by Anu Rana | Mar 19

img