mobile

कश्मीरमा आत्मघाती आक्रमणका योजनाकार मारिए  

By Anu Rana on Feb 19,2019 - 17:00

भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ।

एक गैरसैनिकको पनि ज्यान गएको छ।भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ।लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ। उक्त  घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भएको जनएको छ।

भारतीय सेनाले अप्रेशन शुरु गरेको १०० घण्टा भित्रै आतंकवादी आक्रमणका योजनाकार मारिएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।

यो अप्रेशनमा भारतीय सेनाका ४ जना सैनिक पनि मारिएको जनाइएको छ । भारतीय सेनाको कारबाहीमा गाजी र एक स्थानीय अर्का आतंकवादी हिलाल पनि मारिएको जनाइएको छ ।

गएको बिहीबार पुलवामामा भारतीय प्रहरीको अर्ध सैन्य बलको डप्फामा एक जना आत्मघाति आक्रमणकारीले कार बम विष्फोट गराउँदा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए भने ४०भन्दा बढि घाइते भएका थिए ।

सो आक्रमणको जिम्मा पाकिस्तानस्थित प्रतिबन्धित संगठ जैश ए मोहम्मदले लिएको भारतीय सञ्चारमाध्यमको दावी छ । सो संगठनका प्रमुख मसूद अजहरले गाजीलाई कश्मीरमा आतंकवादी आक्रमणका लागि पठाएको र सो आक्रमण गाजीको योजनाअनुसार भएको भारतको दावी छ । भारतले आक्रमणपछि सो क्षेत्रलाई घेरा हालेको थियो ।

आक्रमण भएको २५ किलोमिटरको क्षेत्रलाई घेरा हालेर भारतीय सेनाले आतंकवादी खोजी अप्रेशन चलाएको थियो । सो अप्रेशनकै क्रममा आतंकवादी मारिएको भारतीय दावी छ ।   

ट्याग -  आत्मघाती आक्रमण ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img