mobile

सर्वाेच्च अदालतको न्यायाधीश पद रिक्त

By RSS on Feb 19,2019 - 17:09

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ । 
नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिनुभएको हो । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले अदालतमा काम गरिरहनुभएको थियो । प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो । (रासस)

ट्याग -  सर्वाेच्च अदालत

SUGGESTED ARTICLES

img
नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीः तीनको मृत्यु  

नेदरल्याण्डकाे यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गाेली चलाउँदा  ३ जनाको मृत्यु भएको त्यहाँको मेयरले बताएका छन् ।


by Anu Rana | Mar 19

img