mobile

आहा रारा गोल्डकपमा १० टोली

By RSS on Feb 20,2019 - 12:24

पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । 

पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् । धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डफिन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो । 

“विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिताको समय १० दिनमात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो”, उहाँले भन्नुभयो । उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर, उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु १५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार र प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्येबाट एक जनालाई एक थान एलजी टेलिभिजन प्रदान गरिनेछ । विसं २०७४ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय फुटबल टिमका एक जनालाई रु ३५ हजारसहित सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरिनेछ । सहाराले प्रतियोगिताबाट बचत रकम पोखरा–१७ दोविल्लामा सञ्चालित ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । देशका विभिन्न जिल्लाका असहाय र गरीब बालबालिकालाई एकेडेमीमा राखेर क्लबले शिक्षाका साथसाथै फुटबल सिकाउँदै आएको छ ।  (रासस)

ट्याग -  रारा गोल्डकप ,

SUGGESTED ARTICLES

img
साफ महिला फुटबलमा भारत विजयी

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् ।


by RSS | Mar 17

img