mobile

बाहिरी लेन निर्माण आधा

By RSS on Feb 20,2019 - 12:58

कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडो काम सक्न लागिपरेका छौँ ।” 

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताउनुभयो । अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो । उहाँका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । उहाँले भन्नुभयो, “चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।” (रासस)

ट्याग -  बाहिरी लेन , निर्माण

SUGGESTED ARTICLES

img
पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।


by RSS | Mar 19

img