mobile

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

By RSS on Feb 20,2019 - 15:43

नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । 

पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि पराजुलीको यही फागुन ५ गते निधन भएको थियो । स्व पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काङ्ग्रेसले जनाएको छ । 

पटक/पटक जेल र कठोर यातना भोग्नु भएका स्व पराजुली पार्टीको एक निर्भीक योद्धा रहेको विज्ञप्तिमा जनाइएको छ । उहाँको श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ । (रासस)

ट्याग -  निधन

SUGGESTED ARTICLES

img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 


by Anu Rana | Mar 18

img