mobile

इमान्दार चालक : ट्याक्सीमा छुटेका गरगहना फिर्ता

By RSS on Feb 20,2019 - 15:59

ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् । 

चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र रु छ हजार १२३ फेला पारेका थिए । 

चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताउनुभयो । (रासस)

ट्याग -  चालक

SUGGESTED ARTICLES

img
बाढी र पहिराेमा परि इन्डोनेसियामा ७७ जनाको मृत्यु

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिवार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ ।


by Anu Rana | Mar 18

img