mobile

अश्लील सामग्रीहरू राखेको आरोपमा २० हजार वेबसाइट बन्द  

By Anu Rana on Feb 21,2019 - 16:29

बङ्लादेशमा अश्लील सामग्री राखेको आरोपमा करिब २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको लडाई अभियानका क्रममा वेबसाइट बन्द गरिएको सरकारी उच्च अधिकारीले जानकारी गराएकाे छ ।   

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भन्नुभएको हो।

उहाले भनुभयो कि अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको र यसलाई निरन्तरता दिने पनि जानकारी  दिनुभयो । बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् ।

र प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको मन्त्री मुस्तफाले जानकारी दिनुभ्एको हो। बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले अभियान थालेका हुन् । बङ्लादेशमा अश्लील वेबसाइट सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् ।

ट्याग -  वेबसाइट बन्द  

SUGGESTED ARTICLES

img
वाइफाइ सिग्नल कमजोर आयो ? छिटो बनाउन यसो गर्नुहोस्  

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् ।


by Anu Rana | Mar 18

img