mobile

माल्दिभ्सका पूर्वराष्ट्रपति यामीनलाई पक्राउ गर्न अदालतको आदेश  

By Anu Rana on Feb 21,2019 - 16:28

 माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर हिरासतमा राख्ने आदेश दिएको छ । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ ।

उनलाई पक्राउ गर्न माल्दिभ्सको एक अदालत ले एक विज्ञप्ती जारी गर्दै आदेश दिएपछि उनलाई पक्राउ गरिन लागेको हो । जारी विज्ञप्तीमा भनिएको छ, “शक्ति र पदको दुरुपयोग गरेर यमिनले सम्पत्ति शुद्धिकरणसम्बन्धी अवैध काम परेको प्रमाण र आधारहरु पेस भएका छन् ।”

पूर्व राष्ट्रपतिले गत सेप्टेम्बर २३ मा भएको निर्वाचनमा आफुले हारेपछि निर्वाचनमा धाँधली भएको भन्दै शुरुमा मतपरिणाम अस्वीकार गरेका थिए तर पछिगएर विवाद निप्टीएकाृ थियो ।

इब्राहिम सोलिह राष्ट्रपतिमा निर्वाचित भएका थिए ।इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता पहिलो एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो ।

ट्याग -  पक्राउ  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img