mobile

एक्काइस फरार प्रतिवादी पक्राउ

By RSS on Feb 20,2019 - 16:31

विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो । चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा एक÷एक फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो । (रासस)

ट्याग -  पक्राउ

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img