mobile

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

By RSS on Feb 20,2019 - 16:50

सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । 

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई÷दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अछामका चार ठाउँमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । चार प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने जानकारी आफुहरुले पाएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिनुभयो । 

उहाँले निर्वाचन क्षेत्र नं १ को प्र्रदेशसभा १ मा बडासैन खेलमैदान रिडीकोट–२ को थालाकोट खेलमैदान कालिका तथा क्षेत्र नं २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रवल सम्भावना रहेको बताउनुभयो । क्षेत्र नं २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुनसक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेलमैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।  (रासस)

ट्याग -  खेलमैदान

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img