mobile

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

By RSS on Feb 20,2019 - 17:26

खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो । खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने पुल्चोक स्पोर्टस क्लबले लियो । 

खेल सुरुआती साताँै मिनेटमा पुल्चोकका टीकाराज गुरुङले गोल गर्दै पहिलो अग्रता लिए । पुल्चोकको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको २८ औँ मिनेटमा खुमलटारका निरनले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बारबरीमा ल्याए । खेलको दोस्रो हाफको ५४औँ मिनेटमा खुमलटारका खेलाडी आशिक परियारले एक गोल थपे । खुमलटारका अर्का खेलाडी सविनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेपछि खुमलटारले पुल्चोक स्पोर्टस क्लबमाथि ३–१ को सहज जित हासिल ग–यो । (रासस)

ट्याग -  फुटबल

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img