mobile

बर्थिङ सेन्टर स्थापना

By RSS on Feb 21,2019 - 11:51

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । 

सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताउनुभयो । 

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने बताउनुभयो । 
मोहम्मदपुर स्वास्थ्यचौकी प्रमुख कुलबहादुर विष्टले प्रसूति केन्द्र स्थापना भएसँगै दक्ष जनशक्तिको अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गर्नुभयो । (रासस)

ट्याग -  बर्थिङ सेन्टर

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img