mobile

प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु

By RSS on Feb 21,2019 - 12:12

आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । 

प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडाँै, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् । खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताउनुभयो । 

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् । (रासस)

ट्याग -  महिला भलिबल ,

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img